गन्नी एफसी पोखराले जित्यो दोभान कपको उपाधि

Byखवरबाटिका

७ पुष २०७९, बिहीबार २२:५८ ७ पुष २०७९, बिहीबार २२:५८ ७ पुष २०७९, बिहीबार २२:५८

तनहुँ । गन्नी एफसी पोखराले दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको व्यास नगरपालिका -३ विपी वनवाटिकाको खेल मैदानमा बिहिवार भएको फाइनल खेलमा ३९ जिटीसी गोरखा ट्रेनिङ सेन्टर बनारसलाई १-० गोलले पराजित गर्दै गन्नीले उपाधि जितेको हो ।

व्यास नगरपालिका-१ स्थित भादगाउँको दोभान युवा क्लबको आयोजना भएको प्रतियोगिताको उपाधि सँगै गन्नी एफसीले नगद २ लाख ५ हजार ५ सय ५५ र ३९ जिटीसीले १ लाख १५ हजार ५ सय ५५ मा पुरास्कात पाएको छ ।

गन्नी एफसीका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरेको छ । विभिन्न जिल्लाका ३७ टोलीको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता दोभान युवा क्लबका यक्कु मगर, उत्कृष्ट गोल किपर ३९ जिटीसीका विजेश सिं र अनुसाशित टिमको रुपमा डिल्याण्डा युथ क्लब घोषित भए ।

यस्तै सर्वोत्कृष्ट खेलाडी गन्नी एफसीका सन्दिप राना मगर भए । उक्त प्रतियोगिताको विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *