कुवेतबाट फर्किएर बंगुर पालनमा म्याग्दे सिस्नेरीका थापा

Byखवरबाटिका

१५ पुष २०७९, शुक्रबार १४:०१ १५ पुष २०७९, शुक्रबार १४:०१ १५ पुष २०७९, शुक्रबार १४:०१

तनहुँ । नेपालमा रोजगारको सम्भावना नदेखेपछि कुवेत हानिएका बम बहादुर थापाले विदेशमा १६ वर्ष बिताए । विदेशमा राम्रो कमाई हुदाँ हुदै पनि नेपालमा आएर परिवार सँगै स्वदेशमा नै केही मनसाय राखेर फर्किएका थापाले ‘लाङघाली कृषि फर्म’ खोलेका छन् ।

विदेशमा हुदाँ सधै नेपालमा गएर केही गर्ने हुटहुटी जाग्ने थापाले आफनै जग्गामा १५ लाख लगानी गरेर बंगुर फर्म संचालन गरेका हुन् । ‘कति अर्काको देशमा श्रम बेच्ने ? घरपरिवार सँग टाडिएर बस्ने बाध्यतालाई बिट मार्दे आए ।’ थापाले भने ‘करिब १० रोपनी जग्गामा बंगुर फर्म खोलको छु ।’

आजभन्दा डेढ वर्ष अगाडी म्याग्दे गाँउपालिका वडा नं ४ सिस्नेरीमा बंगुर फर्म खोलेका थापाको फर्ममा अहिले ३३ वटा बंगुर रहेका छन् । बंगुरको स्याहार सुसारमा आफु र आफनो परिवार खटदै आएको थापा दम्पतिले अहिले बंगुर पालनमा बजारको समस्या देखेका छन् । मासु बेच्ने आफ्नै पसल नहुदाँ अरुले बंगुरको भाउ नदिने गरेको गुनासो थापाको छ ।

‘हामी उत्पादन गर्न सक्छौ तर उत्पादित भएको बंगुरको बजार नहुँदा कृषकहरुलाई मार परेको छ ।’ थापा भन्छन ‘लाखौ लगानी गरेर फर्म संचालन गरियो तर बंगुर पालक कृषकले बंगुर बेच्न समस्या छ ।’ उनि अगाडी थप्छन ‘बंगुर ठुलो हुदै जाँदा कहाँ बेच्ने समस्या हुन्छ, धेरै पालेर पनि वंगुर अरु ठुलो नहुने, झन झन खर्च मात्र वढ्ने, तर विक्री गर्न विचौलियाले मुल्य नदिने समस्या छ ।’

फर्म अनुगमनका क्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचान गर्न, गुनासो सुन्न र समस्याका समाधानका लागी निरिक्षणमा आएको बताए । कृषि र उत्पादन विना परिवर्तन सम्भव नहुने हुदाँ कृषकलाई पालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । बजारको प्रतिष्पर्धाले अप्ठ्यारोमा परेका कृषकलाई सहयोग गर्न पालिका गम्भिरताका साथ लागिपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *