तनहुँ । पहाडकी रानी उपमा पाएको तनहुँको सुन्दर नगरी बन्दिपुर चिसोमा तातिरहेको थियो । अंग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न बन्दिपुर तम्तयार भएर बसेको थियो । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) तनहुँले आयोजनामा सोही बन्दिपुर बजारमा नयाँ वर्ष बन्दिपुर सडक खाना महोत्वस भएको थियो ।

खाना महोत्सव संगै आयोजक रेबान तनहुँले युवावर्गलाई बन्दिपुरमै रोक्न कन्सर्ट देखि विविध सांगेतिक कार्यक्रमको आयोजना गरेको रेबान तनहुँका अध्यक्ष जितेन्द्र लाल भुमिले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा रहेका थिए । प्रमुख अतिथि थापाले सो अवसरमा रेबानले युवावर्गको चाहना बुझेर बन्दिपुरको पर्यटन व्यवसायमा थप आयाम थपेको बताए । उनले भने ‘बन्दिपुरमा हुने कार्यक्रमले समग्र बन्दिपुरलाई फाइदा हुन्छ । सबै बन्दिपुरे एकजुट भएर हातेमालो गरी अघि बढ्नुपर्ने अध्यक्ष् थापाले बताए ।

उक्त सडक खाना महोत्सवको ३१ डिसेम्बर २०२२ र १ जनवरी २०२३ को साँझ सांगीतिक माहोतमा झूमेको थियो । अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागत गर्न द सोल नेपाल ब्याण्ड, धैर्य नेपाल ब्याण्ड, डिजे सिद्धान्त संगै विभिन्न् स्थानीय र बाह्य कलाकारको नृत्यहरु प्रस्तुत गरिएको रेबान तनहुँका कोषाध्यक्ष सेवक प्रजापतिले जानकारी दिए । यस्तै नयाँ वर्ष २०२३ को पहिलो दिन जनावरी १ मा लायन ग्याङ र्यापरको समुह, धैर्य नेपाल ब्याण्ड, डिजे सिद्धान्त संगै विभिन्न स्थानीय र बाह्य कलाकारको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

सो उक्त सडक खाना महोत्सवको संचालक पत्रकार किरण श्रेष्ठ संगै नमिता सुन्दासले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *