तनहुँ । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण हुने भएको छ ।

व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको भवन आयोजनाले आफ्नो खर्चमा निर्माण गरिदिन लागेको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिहीबार श्रीपञ्चमीको दिन भवनको शिलान्यास गरेका छन् ।

भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ ।

विद्यालय भवनको निर्माण १८ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *