राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति बने डोलप्रसाद

Byखवरबाटिका

१३ माघ २०७९, शुक्रबार २२:५५ १३ माघ २०७९, शुक्रबार २२:५५ १३ माघ २०७९, शुक्रबार २२:५५

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।

हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।

बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *