छैँटौ व्यासनगर अल्ट्रा म्याराथनको उपाधि व्यास ७ का गुरुङलाई

Byखवरबाटिका

१६ माघ २०७९, सोमबार १६:२८ १६ माघ २०७९, सोमबार १६:२८ १६ माघ २०७९, सोमबार १६:२८

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेकोे छैँटौ व्यासनगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले हात पारेका छन् । खेलकुद मार्फत पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजित सो प्रतियोगितामा ३ घण्टा २८ मिनेट २६ सकेन्डमा ४४ किलोमिटरको दुरी पार गरी गुरुङ प्रथम हुन सफल भएका हुन् ।

त्यस्तै सोही दुरी ३ घण्टा ३६ मिनेट ३८ सेकन्डमा पार गर्दै व्यास–६ का साहस पन्थ द्धितीय भएका छन् । प्रतियोगितमा ३ घण्टा ३८ मिनेट २१ सकेन्डमामा निर्धारित दुरी पार गरी आबुँखरैनी गाउँपालिका १ का सनम गुरुङ तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश नगद रु.६१ हजार, ५१ हजार र ३८ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीएको छ ।

साथै प्रतियोगितामा सान्त्वना हुने ३ जनालाई जनही १२ हजार ५ सय नगद सहित ट्रफी र मेडलले सम्मान गरिएको छ । “पर्यटन, धार्मिक एंव ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान” भन्ने नाराका साथ आयोजित अल्ट्रा म्याराथनमा तनहुँका विभिन्न ठाँउका ५७ जना खेलाडीहरुको सहभागीता रहेको व्यास नगरपालिकाले जानकारी दिएको छ ।

सो प्रतियोगिता व्यास–५ मानहुँकोटदेखी सुरु भएर व्यास–८ स्थित पुलिमराङ सहिद पार्कमा पुगेर टुंगिएको थियो । म्याराथनका लागी अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनीकुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय,बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती, बाहुन पोखरा गाडापानीको मार्ग प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ ।

पर्यटकीय क्षेत्र मानहुँकोट र ऐतिहासिक क्षेत्र पुलिमराङको बिकासका लागी व्यास नगरपालिकाले हरेक वर्ष सहिद दिवसका दिन अल्ट्रा म्याराथन गर्दै आइरहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले म्याराथन प्रतियोगिताको रिवन काटेर उद्घाटन गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि पौडेलले प्रतियोगी खेलाडीहरुलाई सफलतापूर्वक दुरी पार गर्न शुभकामना दिदै म्याराथन प्रतियोगिताले खेलकुद र पर्यटन विकासमा मद्दत पुग्ने बताएका थिए । उनले अगाडी थपे ‘कृषि, पर्यटन र जलश्रोतको विकास गर्न सके आर्थिक रुपमा यस नगरपालिकालाई अगाडि बढाउन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *