लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की

Byखवरबाटिका

१७ माघ २०७९, मंगलवार १५:१४ १७ माघ २०७९, मंगलवार १५:१४ १७ माघ २०७९, मंगलवार १५:१४

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की छानिएका छन् ।
प्रतिष्ठानको दोस्रो अधिवेशनमा कार्कीले पूर्ण परियारलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी र महिला उपाध्यक्षमा मञ्जु विकलाई छानेको छ ।

त्यस्तै सचिवमा रामजी पौडेल र महिला सचिवमा ज्योति लोहनी, कोषाध्यक्षमा कृष्ण सुवेदीले, सह सचिवमा दिपक पौडेल र सह कोषाध्यक्षमा होम गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा मधु चापागाईँ, टौसुबा गुरुङ, सुनिता नेपाली, सपना परियार, ऋषि डुम्रे, अमित विश्वकर्मा, हरि सुनार, माधव चापागाईँ, विष्णु पराजुली अधिकारी, टसबहादुर गुरुङ, विष्णुकुमार वाग्ले, विकाश नेपाली, सरस्वती लामिछाने, ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दिप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रे र टेक क्षेत्री छानिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *