म्याग्दे गाउँपालिकाले ३ दिन नि:शुल्क आँखा शिविर संचालन गर्ने

Byखवरबाटिका

८ फाल्गुन २०७९, सोमबार २१:२२ ८ फाल्गुन २०७९, सोमबार २१:२२ ८ फाल्गुन २०७९, सोमबार २१:२२

तनहुँ । तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र परिक्षण गरिनेछ ।

आँखा शिविर यहि फागुण १४ गते ६ नम्वरको वडा कार्यलयमा १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *