म्याग्दे गाउँपालिकाद्वारा १ हजार २०९ जनाको निशुल्क आँखा परिक्षण

Byखवरबाटिका

१८ फाल्गुन २०७९, बिहीबार १९:४१ १८ फाल्गुन २०७९, बिहीबार १९:४१ १८ फाल्गुन २०७९, बिहीबार १९:४१

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १ हजार २०९ जना पुगेको गाउँपालिकाले जनाएको छ ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।

शिविरमा कुल परिक्षण गरिएको मध्ये ४ जनालाई जलविन्दु र ४३ जनालाई मोतिविन्दु देखिएको हिमालय आँखा अस्पतालको चिकित्सक गोविन्द ढकालले जानकारी दिए । ए जलविन्दु र मोतिविन्दुको विरामीलाई पोखरा रिफर गरि निशुल्क उपचार गरिने हिमालय आँखा अस्पताल पोखराले जनाएको छ । यसैगरि शिविर अवधिभर कुल ६०० जनालाई चस्मा समेत वितरण गरिएको छ भने १२०९ जनालाई नै औषधी वितरण गरिएको छ ।

सोही शिविरको अवसरमा कुल शिविर अवधिभर ४६८ जनालाई कोभिडको खोप लगाईएको छ भने बुधबार मात्र १४१ जनालाई कोभिड खोप लगाईएको छ । जसमा महिला ८७ जना र ५४ जना पुरुष रहेका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले बताए ।

शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *