एमसीसीद्वारा तनहुँमा जग्गा प्राप्ति सुरु, कहाँ-कहाँ हुँदैछ (सुची सहित)

Byखवरबाटिका

२३ फाल्गुन २०७९, मंगलवार ०८:१२ २३ फाल्गुन २०७९, मंगलवार ०८:१२ २३ फाल्गुन २०७९, मंगलवार ०८:१२

तनहुँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ ।

जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।

यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ.दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।

यस्तै धािदङ र पाल्पामा पनि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको लागी सूचना प्रकाशित गरिएको छ ।

यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार तनहुँसँगै धादिङ, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको पनि जानकारी सूचनामा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *