बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण

Byखवरबाटिका

२६ फाल्गुन २०७९, शुक्रबार २०:०१ २६ फाल्गुन २०७९, शुक्रबार २०:०१ २६ फाल्गुन २०७९, शुक्रबार २०:०१

दमौली । नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ ।

‘निर्माण प्रदूषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरूको श्वासप्रश्वास स्वस्थ्य’ विषयक प्रशिक्षण प्रदान गरिएको हो ।

सो कार्यक्रममा काठमाण्डौको मनमोहन मेमोरियल ईन्स्टिट्यूट आफ हेल्थ साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अद्ययनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको विभिन्न छेत्रमा भईरहेको वायु प्रदूषण, यसले मानवश्वासप्रश्वासमा पर्ने नकारात्मक प्रभाव र यसबाट बच्ने उपायहरूबारे सहभागिहरूलाई जानकारी प्रदान गरेका थिए

नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ र युथ ईनोभेषन नेटवर्क तनहुँको सहयोगमा संचालित सो कार्यक्रमको नेपाल रेडक्रस सोसाईटि तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले उद्घाटन गरेका  थिए ।

सो अवसरमा गौतमले सबै धनहरु मध्ये प्रमुख धन भनेको स्वास्थ्य भएकोले प्रदुषणबाट बच्ने उपायका बारेमा जानकारी लिनु महत्वपूर्ण भएको बताए ।

‘शिक्षा, सामाजिक व्यवहार लगायत धनहरु हुन्छन् ति मध्ये सबैभन्दा महत्वपूर्ण स्वास्थ हो प्रा.डा. गौतमले भने यस्तो सचेतना कार्यक्रम बिस्तार गरिनु आवश्यक छ’’ ।

सो अवसरमा विद्यालयलाई एक हजार पिस मास्क हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँका सभापति कृष्णचन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद मिश्रले लगायतले विकास निर्माणको कामले धेरै धुलो, धुँवा तथा ध्वानी प्रदुषण भईरहने हुँदा यसबाट जोगिनु पर्ने हुँदा यस्ता कार्यक्रमलाई व्यापकता दिनु जरुरी रहेको कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *