रोट्रयाक्ट दमौलीद्वारा स्व. सचिनको स्मृतिमा रक्तदान

Byखवरबाटिका

२८ फाल्गुन २०७९, आईतवार १७:१३ २८ फाल्गुन २०७९, आईतवार १७:१३ २८ फाल्गुन २०७९, आईतवार १७:१३

दमौली । रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा २०औं जिल्ला तथा नवौं राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रगत अभावना सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा दमौलि सहित देशभर गरी १ हजार भन्दा बढी पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक रवि अधिकारीले बताए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा प्रमुख न्यौपानेले रगत जीवन बचाउन अत्यावश्यक हुने र आवश्यक विरामीलाई ठुलो सहयोग पुग्ने बताए । उनलेे भने ‘रगतको महत्त्व अति नै हुने हुँदा धेरैको ज्यान जोगाउन सहयोग हुनेछ ।’

उक्त कार्यक्रममा रक्तसंचार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेकोे थियो । रोट्रयाक्ट क्लब अफ दमौली आयोजक रहेको उक्त रक्तदान कार्यक्रमको फहलकर्ता रोट्रयाक्ट डिष्टिक ३२९२ रहेको छ भने देशभर ५० भन्दा बढी अन्य रोट्रयाक्ट क्लबले स्व.सचिन कै स्मृतिमा रक्तदान कार्यक्रम गरेको रोट्रयाक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

यस्तै उक्त रक्तदान कार्यक्रम भारतको महादान ८.० सँग समेत सहकार्यमा भएको क्लबले जनाएको छ । सो कार्यक्रमको लागी जिवित फाउन्डेशन र स्मार्ट हेल्थ नेपालको आर्थिक सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *