म्युजिक भिडिओ ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बाट कमब्याक गर्दै पल

Byखवरबाटिका

२ चैत्र २०७९, बिहीबार १९:३२ २ चैत्र २०७९, बिहीबार १९:३२ २ चैत्र २०७९, बिहीबार १९:३२

कारागारबाट फ्रकिएपछि पलले के गर्लान् भन्नेमा धेरैले कौतुहल प्रकट गरिरहेका थिए । चलचित्र गर्लान नगर्लान अथवा पहिलो प्रोजेक्ट के होला भन्नेमा धेरैको चासो थियो । अन्ततः यो खुल्दुली पलले मेटाइदिएका छन् ।

उनले ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्जनमा काम गर्ने लागेको हुन। सो गीतको मेल भर्जन एक वर्ष अगाडि उनकै आधिकारिक ‘पल शाह’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो ।

उक्त गीत हिट भएपछि उनले त्यहीँ गीत फिमेल भर्जनमा तयार गर्न लागेका हुन। तयारी गर्न लागिएको यो गीत पनि उनकै च्यानलबाट सार्वजनिक गरिनेछ । गीतमा अनु चौधरीले स्वर दिने भएकी छन। म्युजिक भिडियोसँगै चलचित्रमा पनि छिट्टै ब्याक हुने उनको तयारी छ ।

हिजोमात्र उनले रुकुममा आयोजित महोत्सवमा आफ्नो पहिलो प्रस्तुति दिएका थिए। कारागारबाट निस्केपछिको यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *