आँबुखैरेनी । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको आँबुखैरेनी क्याम्पस सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका अखिल (क्रान्तिकारी)का निशान मगर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेविसंघ र अखिल (क्रान्तिकारी) को नेतृत्वको गठबन्धनबाट मगर निर्वाचित भएका हुन् ।

सभापतिमा निर्वाचित मगरले १ सय १६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका कृशल पुडाशैनीले ७२ मत प्राप्त गरेका छन् ।

सचिवमा नेविसंघका बोनिस अधिकारीले ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापाले १ सय ८ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे ।

सदस्यहरुमा अखिल (क्रान्तिकारी) का अस्मिता श्रेष्ठले १ सय २, अर्पण देवकोटाले १ सय ७ र रविन कामीले १ सय ९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी अनेरास्ववियुका इन्दु अधिकारीले ४९, सुरज श्रेष्ठले ५६ र अमृत कट्टेलले ४६ मत प्राप्त गरे ।

२ सय ६७ मतदाता रहेको निर्वाचनमा एक सय ९३ मत खसेको कार्यवाहक क्याम्पस प्रमुख बाबुराम देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *