काङ्ग्रेस कार्यकर्ता भन्छन् – तनहुँ १ मा भट्टराईको बिकल्प छैन

Byखवरबाटिका

८ चैत्र २०७९, बुधबार ०९:५० ८ चैत्र २०७९, बुधबार ०९:५० ८ चैत्र २०७९, बुधबार ०९:५०

तनहुँ । नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै गत मंसिर ४ मा उनी निर्वाचित भएको क्षेत्र तनहुँ १ रिक्त भएको छ।

यहाँ अब बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन अायाेगले चुनावकाे मिति घाेसणा गरेसँगै काङ्ग्रेस भित्र कसले टिकट हत्याउने भन्ने हाेडबाजि चलेको छ ।

टिकट हात पार्न यतिबेला झण्डै अाधा दर्जन नेताहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका छन् । काङ्ग्रेस भित्र तनहुँ भन्दा बाहिरी जिल्लाका कृष्णप्रसाद सिटौला देखि गठवन्धनका नेताहरू झलनाथ खनाल , बावुराम भट्टराई सम्मलाइ ल्याउन विभिन्न हाैवा फिंजाइएकाे छ ।

त्यतिमात्रै हाेइन पार्टी भित्र पनि चुनाव लड्न इच्छा नभएका नेतालाई समेत अाफ्नाे स्वार्थ पूरा गर्न केही नेताले लविङकाे लागि काठमाडौं लगेका छन् ।

अहिले दमाैलीका चिया पसल देखि चाेकचेाकमा उम्मेदवारकै बारेमा विभिन्न अड्कलवाजि भइरहेको छ । सार्वजनिक स्थल र चाेकचेाकमा जेजस्तो हल्ला चलाएपनि काङ्ग्रेस तनहुँका अधिकांश इमानदार कार्यकर्ताहरूले भने यसपटक केन्द्रीय सदस्य गाेबिन्द भट्टराईको बिकल्प नभएको बताएका छन् ।

चर्चा जसको पनि गर्न पाइयो तर यसपटक इमानदार नेता गाेबिन्द भट्टराईलाई न्याय मिल्नुपर्छ र टिकट दिएर जिताउनुपर्छ काङ्ग्रेस कार्यकर्ता प्रेम रावत भन्छन् ।

अहिले जिल्लाको सबै सिनियर नेताहरू विभिन्न सुविधाका पदमा पुगिसकेको अवस्थामा गाेबिन्द भट्टराई मात्रै बाँकी हुनुहुन्छ त्यसैले म जस्ता कार्यकर्ताकाे स्पस्ट माग छ यसपटक गाेबिन्द भट्टराईको बिकल्प छैन

। रावतले जस्तै अर्का काङ्ग्रेस कार्यकर्ता कृष्ण रूचालले पनि भट्टराई नै याेग्य र अब्बल उम्मेदवार भएको बताए । हामी त अातुर छाैं नेता भट्टराईलाई तनहुँ १ बाट सांसदमा जिताउन रूचालले भने । कार्यकर्ता मात्रै हाैइन तनहुँ १ का अाम जनताको चाहना पनि भट्टराई नैं भएको ब्यास २ निवासी बिस्णुमाया खनाल लम्सालले बताइन् । बिकास निर्माणका काममा भट्टराईले पदमा नहुँदा पनि जनताको साथमै रहेको पाएकोले भट्टराईले टिकट पाउनुपर्ने लम्सालकाे भनाइ छ ।
त्यसाेत पार्टीले टिकट दिनेमा स्वयं भट्टराई पनि बिस्वस्त छन् ।

साथीभाई, मतदाता, सबैले भेटहुँदा आफुलाई उम्मेदवार बन्न भनेको भट्टराईले बताएका छन् । केही दिन अगाडि तनहुँकाे अाँबुखैरेनिमा अायाेजित एक कार्यक्रममा भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले समेत आफ्नो उत्तराधिकारी तपाईं नैं हाे भनेको हुनाले पनि उम्मेदवार बन्ने पालो आएको बताएका थिए । ‘‘तीन कार्यकाल केन्द्रीय सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुणदलको महासचिव भएँ भट्टराईले भने । दुई भातृ सस्थाको मूख्य स्थानमा बसिसकेको हुनाले तनहुँ–१ मात्रै हैन देशकै राजनीतिमा पहुँच स्थापित गर्नको लागि म उम्मेदवार बन्छु ।’’

गठबन्धनको भागवण्डामा तनहुँ १ कांग्रेसको भागमा परेकाले अरु पार्टीले दाबी गर्न नमिल्ने भट्टराईको भनाई थियो । अन्य जिल्लाको उम्मेदवारलाई पार्टीले नपठाउने उल्लेख गर्दै नेता भट्टराई कसैलाई रोक्न, छेक्नको लागि षडयन्त्रको खेल खेलिएको हुन सक्ने तर तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताएका थिए ।

बजारमा उम्मेदवारको नाम सुन्दा राजनीतिक हिसाबले आफू भन्दा जुनियर रहेकोले आफ्नो उम्मेदवार लगभग निश्चित भएको उनको भनाइ थियो । जनतालाई विकास गर्ने नेता चाहिएकाे हुँदा नेता भट्टराईले कुनै पदको रुपमा नरहँदा पनि खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको भट्टराईकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *