एलायन्स क्लब अफ तनहुँको अध्यक्षमा अजित

Byखवरबाटिका

१२ चैत्र २०७९, आईतवार ०८:५८ १२ चैत्र २०७९, आईतवार ०८:५८ १२ चैत्र २०७९, आईतवार ०८:५८

दमौली  । एलायन्स क्लब अफ तनहुँको अध्यक्ष अजित पन्थ निर्वाचित भएका छन।

शनिबार दमौलीमा बसेको एलायन्स क्लब अफ तनहुँको समिति गठन कार्यक्रमले एलायन्स बर्ष २०२३/२४ का लागि पन्थलाई अध्यक्ष निर्वाचित गरेको हो ।

क्लबका अध्यक्ष विनय राउतको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष सुदिप पौडलले एलायन्स क्लब अफ तनहुँले समाजमा धेरै कामहरु गरेकोले अझ समाजको लागि काम गर्न युवाहरु एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष विनय राउतले आफ्नो कार्यकालमा क्लबले गरेका कार्यहरुको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विशेष अतिथि समाजसेवी देवेन्द्रप्रसाद सुवेदीले एलायन्स क्लब अफ् दमौलीले राम्रा कामहरु गरिरहेकोले आफुले सदा तन , मन र धनले सहयोग गर्ने बताउदै अझ समाजसेवामा अग्रसर हुन सबै सदस्यहरुलाई आग्रह गरे ।

यस्तै प्रथम उपाध्यक्षमा सुसन पन्थ, द्धितिय उपाध्यक्षमा अमित कैनी, सचिवमा आशिष श्रेष्ठ, कोषाध्यक्षमा अनुसिल पौडेल, सहसचिवमा महेश वाग्ले, सह-कोषाध्यक्षमा होमनाथ सुवेदी, जनसम्पर्क अधिकारीमा माधब पौडेल चयन भएका छन ।

सदस्यहरुमा अमिर मिश्र, श्रीकृष्ण बराल, गौरब खड्का, कृष्ण गिरी, उत्तम अर्याल र सुमिन मिश्र चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *