तनहुँको माथिल्लो गुणादीमा दुई वटा बस ठोक्किदा १३ जना घाइते

Byकिरण श्रेष्ठ

११ बैशाख २०८०, सोमबार १८:३४ ११ बैशाख २०८०, सोमबार १८:३४ ११ बैशाख २०८०, सोमबार १८:३४

तनहुँ । तनहुँको माथिल्लो गुणादीमा दुई बस ठोक्किदा १३ जना घाइते भएका छन ।

सोमबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ माथिल्लो गुणादी स्थित पृथ्वी राजमार्ग सडकखण्डमा दमौली तर्फबाट पोखरा तर्फ आँउदै गरेको ग १ ख ३८२३ न. को बस र बिपरित दिशा पोखराबाट दमौली तर्फ आउदै गरेको ना ५ ख २११३ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते हुनेहरुमा ना ५ ख २११३ न. को बसमा सवार कास्की अन्नपुर्ण गाउपालिका वडा नं. १ बस्ने वर्ष १९ कि इल्का लिम्बु रहेकी छिन ।उनको अवस्था सामान्य रहेको र दमौली अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै ग १ ख ३८२३ न. को बसमा सवार घाईतेहरुको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भईरहेको छ ।

उक्त बसमा कास्की पोखरा महानगरपालिका-३ बस्ने वर्ष ४३ की श्याम माया मग्राति, पोखरा महानगरपालिका-२ बस्ने अभिषेक सुनार, सोही स्थान बस्ने वर्ष २२ की पुजा सुनार, तनहुँको शुक्लागण्डकी नगरपालिका-४ बस्ने वर्ष ४० को बल बहादुर गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए ।

यस्तै सोही बसमा सवार घाइतेहरु मध्य दमौली अस्पतालमा तनहुँको व्यास नगरपालिका-५ पतेनी बस्ने वर्ष ६३ की हिरा वि.क., वर्ष ६६ को त्रिलाल वि.क., व्यास नगरपालिका वडा नं.१३ बस्ने वर्ष ४५ की रुपा, वर्ष ४० को यम बहादुर रम्तेल,म्याग्दे गाँउपालिका-४ थर्पु बस्ने वर्ष ५४ को सारदा कुमाल, छाङ बस्ने वर्ष ७ की सुकुनधरा नेपाली, गोरखा पालुङटार नगरपालिका-२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली रहेको प्रहरीले जनाएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा कास्की पोखरा महानगरपालिका-३ बस्ने पुजा सुनारको छोरा वर्ष अं.१८ महिनाको अग्नि सुनारको उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *