गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेलाई १४६३ मत, भट्टराईलाई १३११

Byकिरण श्रेष्ठ

१२ बैशाख २०८०, मंगलवार ०३:०१ १२ बैशाख २०८०, मंगलवार ०३:०१ १२ बैशाख २०८०, मंगलवार ०३:०१

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा अहिले मतगणना जारी छ ।

गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेले १ हजार ४६३ मत पाएका छन ।

सोही वडाबाट गोविन्द भट्टराईले १ हजार ३११ मत मात्रै पाएका छन ।

यस्तै नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले २७७ मत पाएका छन ।

स्वर्णिम १३ हजार ३९५ मतले अगाडि

सोमबार रातिसम्मको गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा १३ हजार ३९५ मतले अगाडि रहेका छन् ।

आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ ।

वाग्लेले ३२ हजार ६७५ मत प्राप्त गरेका छन् । कुल ६५ हजार ८५ मत खसेको तनहुँ-१ मा कांग्रेस उम्मेदवार भट्टराईले १९ हजार २८० मत प्राप्त गरेका छन् ।

वाग्ले र भट्टराईबीच रहेको मतान्तरभन्दा कम मत गन्न बाँकी रहेकाले वाग्लेको जित सुनिश्चित भएको हो ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ८ हजार ३२८ मत प्राप्त गरेका छन् । कुल ४२ वडा रहेको तनहुँ-१ का ४१ वडाको मतगणना सकिइसकेको छ भने अब एउटा वडाको मत गन्न बाँकी रहेको छ ।

अब व्यास नगरपालिका वडा नम्बर १० को मतपरिणाम आउन बाँकी छ ।

हालसम्म आँबुखैरेनी, देवघाट, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको मतगणना सकिएको छ ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *