तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले यहि असार १५ शुक्रबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले २०औं राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार चौथो हिले.महोत्सव गर्न लागेको अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।

असार १५ गते धान दिवसको अवसरमा शुक्रबार जिल्लाको म्याग्दे-१ गुणादीमा हिले महोत्सव गर्न लागेको प्रतिष्ठान तनहुँका अध्यक्ष गन्धर्बले बताए । उनले भने ‘ कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहाना, लोक कला संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन गर्ने हाम्रो चाहाना ।’

उक्त महोत्सवमा डोरी तान्ने प्रतियोगिता (महिला पुरुष दुवै), छिटो धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतोयोगिता,श्रीमती बोकी दौडने प्रतियोगिता महिलाको बेलुन फुटाई प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष गन्धर्बले जानकारी दिए ।

तान डोरी प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले ५ हजार ५०० र दित्तीय हुनेले ३ हजार र महिला तर्फ प्रथम हुनेले ३ हजार र दित्तीयले १ हजार ५०० पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै श्रीमती बोकी दौडनेमा प्रथमा हुनेले रु १ हजार ५००, बेलुन फुटाई महिलाक विजेताले रु ५०० पुरस्कार पाउनेछन ।

छिटो धान रोप्नेमा प्रथमले २ हजार, दित्तीयले १ हजार ५०० र तृतीयले १ हजार पुरस्कार पाउनेछन । यस्तै हिलोमा माछा छोप्नेले जति माछा छोप्न सक्छ सोही माछा नै पुरस्कार हुने आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त महोत्सवलाई म्याग्दे गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने स्थान बाराही सामुदायीक वनले गरेको छ । अघिलो वर्ष प्रतिष्ठान तनहुँले व्यास-१ अम्रेनीमा हिले महोत्सवको आयोजना गरेको थियो ।

सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

भिडिओ :

https://fb.watch/lq2BAlIQUD/?mibextid=qC1gEa

Leave a Reply

Your email address will not be published. Required fields are marked *