दमौली नजिक सिर्दिमा १० करोड लगानीमा संचालनमा आयो मानुङकोट रिर्सोट

Byखवरबाटिका

६ आश्विन २०८०, शनिबार १९:४९ ६ आश्विन २०८०, शनिबार १९:४९ ६ आश्विन २०८०, शनिबार १९:४९

दमौली । तनहुँका युवा व्यवसायी तुलसीराम पाण्डेको मानुङकोट रिर्सोट प्रा.लि.औपचारिक रुपमा संचालनमा ल्याइएको छन । तनहुँको व्यास नगरपालिका ५ सिर्दीमा रु.१० करोडको लागतमा निर्माण गरेको सुविधा सम्पन्न मानुङकोट रिर्सोटको शुक्रबार उद्घाटन गरिएको छ । उक्त रिर्सोटको पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

रिसोर्टको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले रिर्सोटले एउटा महत्पूर्ण आयाम थपेको बताए । यस्ता रिर्सोटले मानुङकोटको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उनले बिश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि अवदेश बिष्ट, म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, व्यास ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल, उद्योग वाणिज्य संघ तनहुँका उपाध्यक्ष ईम कुमार मल्ल, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायत्ले दमौलीको पर्यटन प्रवर्द्धनमा इट्टा थप्ने काम गरेको बताए ।

मानुङकोट रिर्सोटका संचालक तुलसीराम पाण्डेले अर्गानिक, स्तरियता र गुणस्तरियतामा कुनै सम्झौता नगरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यास–५ सिर्दी १७ रोपनी जग्गामा संचालनमा ल्याइएको उक्त रिर्सोटमा प्रत्येक कोठामा एसिको सुविधा, र प्रत्येक कोठाबाट बाहिरको मनोरम दृश्यहरु देख्न सकिनेछ । आर्कषक बरण्डा, पार्टीको लागि हलको व्यवस्था समेत रहेको छ ।

पाहुनका लागि अर्गानिक खानाको व्यवस्था, बास बस्ने सुविधा रहेको छ । पाहुनाका स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नै फार्ममा खसी, बोका,माछा र लोकल कुखुरा पालनतथा तरकारी उत्पादन गरी प्रयोगमा ल्याइने संचालक पाण्डेले जानकारी दिए । उनका अनुसार छिट्टै स्वीमिङ पुल समेत निर्माण गर्ने योजना रहेको छ ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *