जेसिआइ व्यासनगरद्वारा मन्दिरको लागी सरसफाई सामाग्री सहयोग

Byखवरबाटिका

७ फाल्गुन २०८०, सोमबार २२:२१ ७ फाल्गुन २०८०, सोमबार २२:२१ ७ फाल्गुन २०८०, सोमबार २२:२१

दमौली । जेसिआइ व्यासनगरले ३०औँ स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र अवसरमा सोमबार एक मन्दिरलाई सरसफाई सामाग्री सहयोग गरेको छ । व्यास–१३ स्थित सिद्धकालिका मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिरलाई कुचो, डस्टबिन लगायतका सफाई सामग्री हस्तान्तरण गरिएको हो ।

जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यास–१३ का वडाध्यक्ष बसन्त आले प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै आलेले मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा सामग्री उपयोगी हुने बताए । साथै मन्दिर सार्वजनिक क्षेत्र भएकाले जथाभावि फोहोर नगर्न पनि उनले सबैलाई अनुरोध गरे ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरि सेढाईले सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त सामाग्रीको सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस वडा नं १३का सभापति रेशम बिक, वडा सदस्यहरु कमला घर्ती, हरिचन्द्र पन्थ, मधुमाया बिक, स्थानीय बिष्णु थापा, जेसिआइ व्यास नगरका पुर्व अध्यक्ष रमेश गिरी लगायतले बोलेका थिए ।

संस्थाका कार्यकारी उपाध्यक्ष पुर्ण शदाशंकरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सनम अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *