तनहुँको शुक्लागण्डकी काउरेको पहिरोमा पुरिएर बेपत्ता ३ मध्ये हिराको शव फेला

Byखवरबाटिका

२४ असार २०८१, आईतवार ००:४३ २४ असार २०८१, आईतवार ००:४३ २४ असार २०८१, आईतवार ००:४३

दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरोमा परेर बेपत्ता ४० वर्षीया हिरा नेपालीको शव भेटिएको हो ।

पहिरामा परी बेपत्ता ३७ वर्षीया अनिषा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । पहिरामा परेर बेपत्ता भएकाको नेपाली सेना, प्रहरी, स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको उनकाे भनाइ छ ।

हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरा आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयले मिलेर निकाल्ने क्रममा पहिरामा पुरिएर तीन जना बेपत्ता भएका थिए ।

त्यस्तै पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *