दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परि वेपत्ता भएका तीन जनाको शव भेटिएको छ । हिजो शनिबार पहिरोमा परि मृत्यु हुनेमा शुक्लागण्डकी–७ काउरेका ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षिय श्याम भण्डारी रहेका छन् ।
शनिबार दिउँसो शुक्लागण्डकी-७ काउरेका हिरा नेपाली र सुनमाया कुमालको घर माथिबाट पहिरो आउदै गर्दा घर भित्र रहेको सामान स्थानियहरु मिली निकाल्न जाने क्रममा नेपाली, बास्तोला र भण्डारी बेपत्ता भएका थिए ।
उनीहरु पहिरोमा बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित स्थानीय बासिन्दाहरुले खोजतालस गर्दा तिनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
वेपत्ता भएका तीन मध्ये नेपालीको शव शनिबार राती भेटिएको थियो भने बास्तोला र भण्डारीको शव आज आइतबार बिहान भेटिएको एसपी बोहोराले बताए ।
सोही घटनामा परी यहाँका ४० वर्षिय बिष्णु बहादुर नेपाली, २६ वर्षिय विशाल तिम्लसिना र ३५ वर्षिय रवि घिमिरे घाइते भएका थिए । उनीहरुको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भएको प्रहरीले जनाएको छ ।
यो पनि :
तनहुँको शुक्लागण्डकी काउरेको पहिरोमा पुरिएर बेपत्ता ३ मध्ये हिराको शव फेला
Beta feature
Beta feature