दमौली । तनहुँकाे ऋषिङ गाउँपालिका-१ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावरको सुरुङ मार्ग भन्दा बाहिर काम गरी रहेको अवस्थामा ढुङ्गा लागेर शनिबार एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा साेही वडाकाे मालिङगा बस्ने ५० वर्षीय कृष्ण बहादुर पुलामी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । घाइते उनलाई दमाैली अस्पताल पठाइएकामा उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे ।

ढुङ्गा लागेर लमजुङकाे सुन्दरबजार नगरपालिका-२ बस्ने ५१ वर्षीय समलाल श्रेष्ठ घाइते भएका छन् ।

बन्दीपुरमा ३ बाख्राको मृत्यु

यस्तै तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ५ कोरीखामा नारायण बहादुर गुरुङको ढुङ्गा माटोले बनेको २ तल्ले कच्ची घरको बाँया तर्फको गाह्रो अविरल वर्षातको कारण भत्किन जाँदा घर संगै जोडेर बनाएको बाख्राको खोर पुरिएको छ ।

खोर पुरिदा त्यहाँ रहेको ७ वटा बाख्रा मध्ये ३ वटा बाख्रा पुरिन गई मृत्यु भएको छ भने ४ वटा सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ । अन्य कुनै मानविय क्षेती नभएको प्रहरीले जानकारी दिए ।

पहिरोले पुरीदा गोठ पुर्ण रुपमा क्षती

यस्तै जिल्लाको व्यास नगरपालिका वडा नं १२ मालेपहरा स्थित भौमाया नेपालीको गोठ माथीबाट आएको पहिरोले पुरी उक्त गोठ पुर्ण रुपमा क्षती भएको छ । चौपाया तथा मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

घर पुर्ण रुपमा क्षती

यस्तै तनहुँको भिमाद नगरपालिका वडा नं ३ जलौदी स्थित अविरल वर्षाको कारणले वर्ष २७ को यमुन बिकको ब्लक र सिमेन्टले बनेको तीन कोठे १ तले टिनले छाएको घरमा माथिबाट पहिरो आई घर पुर्ण रुपमा पुरिएको छ । मानविय क्षती नभएको प्रहरीले जनाएको छ । सो घटनामा १० वटा कुखुरा,भाडा वर्तन, लत्ता कपडाहरु पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *