छाब्दी दोभानको सेती मादी नदीको किनारमा एक पुरुषको शव फेला, पहिचान खुलेन

Byखवरबाटिका

२४ असार २०८१, आईतवार १८:२१ २४ असार २०८१, आईतवार १८:२१ २४ असार २०८१, आईतवार १८:२१

दमौली । तनहुँको व्यास नगरपालिका–१३ छाब्दी दोभानस्थित सेती मादी नदीको किनारमा आइतबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०-३५ वर्षीय पुरुषको शव नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको र पहिचानका लागि प्रयास भइरहेको उनले बताए ।

अन्दाजी पाँच फिट एक इन्च उचाइ, बायाँ हातमा छ वटा औला भएका, बाटुलो अनुहार, शरीरको बाहिरी छाला खुइलिएका ती व्यक्तिको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकलाई चिन्नेले नजिकको प्रहरी कार्यालय अथवा यस कार्यालयको ९८५६०९०१७८ मा जानकारी गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *