नेपालभरमै प्रथम उत्कृष्ट जिल्ला भयो महिला उद्यमी संघ तनहुँ

Byखवरबाटिका

३० भाद्र २०८१, आईतवार ०८:५० ३० भाद्र २०८१, आईतवार ०८:५० ३० भाद्र २०८१, आईतवार ०८:५०

दमाैली । महिला उद्यमी संघ नेपाल तनहुँ शाखा नेपालभरमै प्रथम उत्कृष्ट जिल्ला भएकाे छ । महिला उद्यमी महासंघ नेपालले ७० जिल्ला शाखामध्ये तनहुँलाई प्रथम उत्कृष्ट जिल्ला घाेषित गरेकाे पुरस्कृत गरेकाे हाे ।

शनिबार महासंघकाे काठमाडाैमा सम्पन्न २१औं साधारणसभाकाे अवसरमा तनहुँ शाखालाई पुरस्कृत गरिएकाे थियाे ।

महिला उद्यमी महासघ नेपालमा आवद्ध भई आफ्नो जिल्लामा सक्रियताका साथ कार्यक्रमा गरि महिला उद्यमीहरुलाई उद्यमशिलता विकास र आर्थिक सशक्तिकरणको क्षेत्रको योगदानको कदर गर्दै महिला आगी संघ नेपाल तनहुँलाई महासंघको साधारणसभाको अवसरमा आ.व. ०८०/०८१ को लागि प्रथम उत्कृष्ट जिल्ला घोषित गरी उक्त सम्मानपत्र प्रदान गरेको हो ।

साे अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र महासङ्घ अध्यक्ष शाेभा ज्ञवालीले तनहुँ शाखा अध्यक्ष निर्मला मल्ललाई प्रमाणपत्र प्रदान गरेका छन् ।

उक्त कार्यक्रममा तनहुँ शाखाका अध्यक्ष मल्ल सहित महासचिव सरु श्रेष्ठ, सदस्यहरु मन्जु थापा, बेलु श्रेष्ठ सहभागी थिए ।

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box