दमौली । तनहुँ दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) र उनको टिमले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेका छन ।
शुक्रबार व्यास नगरपालिका ११ मा रहेको चण्डिका आधारभुत विद्यालयका २४ जना विद्यार्थीहरुलाई स्विटर र मोजा वितरण गरिएको सुदिपले बताए ।
तनहुँका विभिन्न विद्यालयमा आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाइ जाडोमा लगाउनका लागी स्विटर र मोजा प्रदान गरिने भएको छ ।
केहि समय भित्र तनहुँका विभिन्न विद्यालयमा गरि करिब दुई सय जना विद्यार्थीहरुलाइ स्विटर र मोजा प्रदान गरिने सुदिपले जानकारी दिए ।
उनका अनुसार तिहारमा देउसि भैलो खेलेर केहि आर्थिक रकम संकलन गरिएको र सोही रकमबाट जाडोमा न्यानो बनाउन लागि परेको हुन ।