जेसिज सप्ताहन्त सुरु, समता विद्यालयमा न्यानो कपडा वितरण

Byखवरबाटिका

७ मंसिर २०८१, शुक्रबार १६:४१ ७ मंसिर २०८१, शुक्रबार १६:४१ ७ मंसिर २०८१, शुक्रबार १६:४१

तनहुँ । जेसिआई व्यास नगरले हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने जेसीज सप्ताहन्त २०२४ आजदेखि सुरु भएको छ । सप्ताहन्त उद्घाटन व्यास ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरि गरिएको जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरीले जानकारी दिए ।

सप्ताहन्तको पहिलो दिन बिहिबार उक्त विद्यालयमा अध्ययनरत् ५५ जना अभिभावकविहिन बालबालिकालाई जाडोमा प्रयोग हुने न्यानो कपडा वितरण तथा स्टेशनरी सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अनुप रानाले बताए । विद्यालयमा पोशाक सहयोग गरिएको कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई प्रमुख अतिथि रहेका थिए ।

बालबालिकालाई न्यानो कपडा वितरण गर्दै उनले बालबालिकाको पठनपाठनमा मदत पुग्ने विश्वास व्यक्त गरे । व्यास नगरपालिकाले समता विद्यालय मार्फत अभिभावकविहीन बालबालिकालाई आवासीय सेवा सहित शिक्षा दिइरहेको प्रति आभार व्यक्त गर्दै बालबालिकाको पठनपाठन सहज बनाउन साथ सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश न्यौपानेले सहयोग प्रति आभार व्यक्त गरे । सो कार्यक्रममा नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का सभापति श्याम मौरातीले विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा कार्यकारी उपाध्यक्ष एवम् सप्ताहन्तका मुल संयोजक पूर्ण विकले स्वागत गरेका थिए भने महासचिव सनम अधिकारीले सञ्चालन गरेका थिए ।
सप्ताहन्तको दोस्रो दिन शुक्रबार व्यास ३ अनसन चौतारी स्थित जेसिज धारा सरफाइ एवम् सचिवालय व्यवस्थापन गरिएको छ । त्यस्तै शुक्रबार नै व्यास १४ रुम्सी स्थित सामुदायिक होमस्टे प्रवद्र्धनको कार्यक्रम रहेको जेसिज सप्ताहन्तका मुल संयोजक पूर्ण विकले जानकारी दिए । सप्ताहन्तको समापन समारोह मंसिर ८ गते सोही होमस्टेलाई आवश्यक सामग्री सहयोग गरि गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुरीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *