नेपाल चिकित्सक संघ तनहुँको अध्यक्षमा श्रेष्ठ

Byखवरबाटिका

८ मंसिर २०८१, शनिबार ०९:४६ ८ मंसिर २०८१, शनिबार ०९:४६ ८ मंसिर २०८१, शनिबार ०९:४६

तनहुँ । नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन भएको छ ।

नेपाल चिकित्सक संघ तनहुँको अध्यक्षमा डा. रामकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. विद्याभुषण ताम्राकार, उपाध्यक्षमा डा. परिवर्तन बराल, महासचिवमा डा. दिनेश शर्मा, सहसचिवमा डा. धनबहादुर क्षेत्री, कोषाध्यक्षमा डा. शैलेश गुरुङ, सहकोषाध्यक्षमा डा. अस्मिता पाठक रहेका छन् ।

यस्तै सदस्यहरुमा डा. रामहरि दाहाल, डा. शेखर कायस्थ, डा. कुलदिप के.सी., डा. बिक्रमबाबु कार्की, डा. सन्दिप गौतम, डा. विज्ञान क्षेत्री गरि १३ जनाको कार्यसमिति गठन भएको छ ।

नव गठित कार्य समितिको सल्लाहकारमा प्रा.डा. बुद्धिबहादुर थापा, डा. दिपक पौडेल, डा. दिपक काफ्ले रहेका छन् ।

नेपाल चिकित्सक संघ तनहुँको शाखा गठन केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक डा. राजन शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. अनिल बिक्रम कार्की, ब. उपाध्यक्ष डा. बद्रि रिजाल, महासचिव डा. संजिव तिवारीको समेत उपस्थिति थियो ।

देश संघिय संरचनामा गईसकेको अवस्थामा सातै प्रदेशमा उपाध्यक्ष चुनेर उपाध्यक्ष संयोजक रहने गरि प्रदेश भित्र रहेका जिल्ला भरिका चिकित्सकलाई समेटेर शाखा विस्तार गर्ने नेपाल चिकित्सक संघको विधान अनुसार नै शाखा विस्तार गरिएको महासचिव डा. दिनेश शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *