भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने, कस्तो हुन्छ भूमि बैङ्क ?

Byखवरबाटिका

१३ मंसिर २०८१, बिहीबार १५:२७ १३ मंसिर २०८१, बिहीबार १५:२७ १३ मंसिर २०८१, बिहीबार १५:२७

भानु । तनहुँको भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने भएको छ । एकातिर जमिन बाँझो अर्कातिर व्यावसायिक कृषि खेती र उद्योग तथा व्यवसाय गर्न चाहनेहरूले जग्गा नै नपाउने समस्याको हल गर्ने भानु नगरपालिकाले भूमि बैंक कार्यक्रम सुरु गर्न लागेको हो ।

उक्त कार्यक्रमले दुवै थरीको समस्याको हल निकाल्ने विश्वास लिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । भूमिबाट उत्पादन बढाउने र बाँझो राख्न नदिने योजना अनुसार भानु नगरपालिकाले भुमी बैंक कार्यक्रम अगाडि बढाएको नगरप्रमुख त्रिपाठी बताउछन ।

कस्तो हुन्छ भूमि बैङ्क ?

‘भुमि बैंक भनेको त्यस्तो बैंक हो, यसमा आफ्नो जग्गामा खेती गर्न नचाहने वा नसक्ने जग्गा घनिले निश्चित भाडा वा शुल्कमा निश्चित समयका लागि आफ्ना शर्तहरु तोकेर भाडामा दिन चाहाने जग्गा घनिले आफ्नो बाझो जग्गा भानु नगरपालिकामा दर्ता गर्नु पर्दछ ।‘ नगर प्रमुख त्रिपाठीले भने ।

नगरपालिकाले दर्ता भएका जग्गाहरु खेती गर्न चाहाने इच्छुक लगानी कर्ताहरुलाइ निश्चित शुल्क, समय र सर्त तोकेर खेती गर्न दिइने पालिकाले जनाएको छ। यसो गर्दा जग्गा घनिले आफ्नो जग्गाको शुल्क पाउने छन् भने खेती गर्न चाहानेले निश्चित समयका लागि जग्गा भाडामा पाउने प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।

आफ्नो खेती योग्य बाझो जग्गा भाडामा दिन चाहाने जग्गा घनिहरुले पालिकामा सम्पर्क राख्न पालिकाले सूचना मार्फत आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *