आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

Byखवरबाटिका

१३ मंसिर २०८१, बिहीबार १७:३१ १३ मंसिर २०८१, बिहीबार १७:३१ १३ मंसिर २०८१, बिहीबार १७:३१

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ ।

आँबुखैरेनी अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

आकस्मिक रक्त सञ्चार केन्द्रको बिहिबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुभारम्भ गरेका हुन ।

आकस्मिक रक्त सञ्चार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चुमानले रक्त सञ्चार स्थापना भएसँगै यस क्षेत्रमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने र यस क्षेत्र वरपर दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम तमु, वडा नं. २ का वडा अध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी, वडा नं. ४ का वडा अध्यक्ष मिलन भूजेल, अस्पतालका मेडिकल सुपरिटेन्डेन डिबी क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *