आँबुखैरेनी । तनहुँको हिलेखर्कमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविर आँबुखैरेनी गाउँपालिका, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम गोरखा/तनहुँ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजना संचालन भएको थियो ।
देउराली स्वास्थ्य चौकी हिलेखर्कमा भएको शिविरमा ८७ जनाले सेवा लिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । सो शिविरमा सेवा लिएको मध्य १५ जनाको आँखा अप्रेशन गर्नुपर्ने देखिएको छ ।
आँखा अप्रेशनको लागि आँबुखैरेनी आँखा अस्पतालमा मंसिर १७ गते व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
साथै आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा परिवार नियोजनको लागि लामो अवधिको साधन इमप्लान्ट वितरण, पाठेघरको मुखको क्यान्सर जाँच तथा रिङ्ग पेसरको कार्यबाट पाठेघरको मुखको जाँच समेत भएको थियो ।
जसमा १६ जनाले इमप्लान्ट राखेका छन् भने एक जनाले इमप्लान्ट झिकेको र रिङ्ग पेसरको २ जनाले सेवा लिएका थिए ।