दमौली । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ को लागि सङ्कलित घटनाहरुको प्रकाशनपुर्वको वार्षिक पुर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम शुक्रबार दमौलीमा सम्पन्न भयो ।

मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

इन्सेकको तथ्यांक अनुसार तनहँुमा सन २०२४ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ७१ वटा घटनाबाट ७१ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२४ मा तनहँु भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेका थिए । यो अवधिमा भएको ७१ वटा मानवअधिकार उल्लंघनका घटनामा ६७ महिला र ४ पुरुष सहित ७१ जना पीडित भएका छन् ।

जसमा घरेलु हिंसा तर्फ २८ वटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ३४ वटा घटना भएका छन् । बेचविखनमा १, हत्यामा ६ कुटपिट दुव्र्यहवारमा २ वटा भएका छन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याामकृष्ण थापाले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताए । इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनकोलागि समय समयमा खबरदारी गरिरहनु पर्ने उनले बताए । सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानवअधिकारको संरक्षण हुने प्रजिअ थापाले बताए । राज्यले कानुन कार्यान्वयनको क्रममा कसैलाई पनि भेदभाव नगर्ने भन्दै प्रजिअ थापाले उजुरी परेको घटनाका सबै पीडितले न्याय पाउने वातावरण बनाउने बताए ।

पछिल्लो समय सामाजिक सन्जालको गलत प्रयोगको कारण हिंसाका घटनामा बृद्धि भईरहेको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि इन्सेकको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रजिअ मानवअधिकारको रक्षाको लागि इन्सेकले आफ्नो भुमिका विगतको भन्दा अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी बिरेन्द्रबहादुर शाहीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए ।

मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै एसपी शाहीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । प्रहरीले मानवअधिकारको उल्लंघन ग¥यो भन्ने गुनासो आउन नदिने उनले प्रष्ट पारे । उनले घरेलु हिंसा अन्त्यकोलागि र मानवअधिकारको प्रत्याभुतीकोलागि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाए । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उनको भनाई थियो ।

नेकपा एमालेका जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई थियो । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताइन् । लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उनले बताइन् । उनले मानवअधिकारको संरक्षणमा इन्सेकले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताइन् ।

पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले सन्चारकर्मीहरुले पनि नागरिकको मानवअधिकारको सम्मान गर्दै मानवअधिकार संरक्षण हुने गरि कलम चलाउने बताए । इन्सेकको प्रतिवेदनले सन्चार माध्यमलाई जिल्लाको मावनअधिकारको अवस्थाको बारेमा तथ्यांक विश्लेषण गर्न सहयोग पुग्दै आएको अधिकारीले बताए ।
महिला मानवअधिकार रक्षक सन्जालकी अध्यक्ष कल्पना पौडेलले मानवअधिकार हनन हुने प्रवृत्ती विगतको भन्दा फरक भएको भन्दै सामाजिक सन्जालको गलत प्रयोग तथा बढ्दो दुव्र्यसनीले पनि महिलाहरु बढि पीडित हुने गरेको बताइन् । मानवअधिकार एलायन्सकी अध्यक्ष सरस्वती सिग्देलले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताइन् ।

महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अपाङगता अधिकारकर्मी मदन पौडेल, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष ओमकार आचार्य, दलित अधिकारकर्मीद्वय भिमबहादुर विक र दिपक खाती लगायतले सुझाव मन्तव्य राखेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *