ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन हुने भएको छ । यही पौष २७ गते “ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथन गर्न लागिएको गाँउपालिकाले जनाएको छ ।
खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने लाई क्रमशः रु ६५ हजार, रु ४० हजार, रु २५ हजार र रु १०००० का साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।
म्याराथनमा सहभागी हुन चाहने धावकले पौष २६ गते कार्यालय समय भित्र फाराम भर्न सक्ने गाँउपालिकाले जनाएको छ ।
म्याराथनको रुट धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार) देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, वडा नं ७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ ।