आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा शुक्रबारबाट तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु भएको छ ।
आँबुखैरेनी व्याटमिन्टन संघको आयोजनामा सुरु भएको तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कपको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरेका थिए ।
उद्घाटनको पहिलो दिनमा बि लेभल र सि लेभलका विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
बि लेभलमा प्रथम हुने टिमले ५० हजार ३ सय रुपैंया, द्धितिय हुने टिमले ३० हजार ३ सय रुपैंया र तृतीय हुने टिमले १० हजार ३ सय रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, सि लेभलमा प्रथम हुने टिमले २५ हजार ३ सय रुपैंया, द्धितिय हुने टिमले १५ हजार ३ सय रुपैंया र तृतीय हुने टिमले ५ हजार ३ सय रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आँबुखैरेनी व्याटमिन्टन संघका अध्यक्ष बालचन्द्र पन्थले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा न.३ का वडाध्यक्ष दिनेश के.सी, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति भगवान श्रेष्ठ, वडा सदस्य मनोज कुमार श्रेष्ठ, राजु थापा लगाएतको उपस्थिती रहेको संघका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।