दमौली । दमौलीका अभियन्ता महम्मद गफ्फार (सुदिप)ले व्यास नगरपालिका ६ स्थित रत्नज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेका छन ।
आइतबार विद्यालयका १९ जना विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेको अभियन्ता गफ्फारले जानकारी दिए ।
गफ्फारले हालसम्म ९ वटा विद्यालयका दुई सय १६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेका छन ।
उनको न्यानो अभियान अहिलेको लागी सकिएको गफ्फारले बताए ।