दमौली । तनहुँको बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाँउपालिका वडा नं ६ चालिसे घर भई हाल व्यास व्यास नगरपालिका वडा नं ५ पाटन बस्ने वर्ष अन्दाजी १९ को सन्दिप आले र सोही स्थान बस्ने वर्ष ४० की मधु माया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दमौलीबाट डुम्रेतर्फ जादै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे-दमौली सडकखण्डको व्यास नगरपालिका वडा नं १२ तल्लो छिर्कन स्थित बेलभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुलेट मोटरसाइकल अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *