डुम्रे बजारको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट

Byखवरबाटिका

९ माघ २०८१, बुधबार १३:४० ९ माघ २०८१, बुधबार १३:४० ९ माघ २०८१, बुधबार १३:४०

दमौली । तनहुँको डुम्रे बजारको एकमा घरमा आगलागी भएको छ । बुधबार जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे बजार स्थित रहेको केशव अधिकारीको पक्की घरको पाँचौ तलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय भानु, प्रहरी चौकी डुम्रे तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरीहरु र स्थानिय मानिसहरुको सहयोगमा १२:२० बजेको समयमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अचानक आगलागी हुँदा उक्त स्थानमा रहेको अन्दाजी ५० मुरी धान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथै पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *