आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मित्रता माध्यमिक विद्यालयले जितेको छ ।

मित्रता माविले १२ स्वर्ण १२ रजत र २ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो । शनिबार भएको फाइनल खेलमा रामशाह माविले ११ स्वर्ण ११ रजत र ४ कास्य सहित दोस्रो भयो ।

फ्युचर स्टार बोडिङ्ग स्कुलले ३ स्वर्ण १ रजत र ११ कास्य सहित तेस्रो हुन सफल भएको हो । विजेता विद्यालय र विद्यार्थीले मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरे ।

आँबुखैरेनी गाउँपालिका भित्रका सामुदायिक एवं संस्थागत गरी १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल लगाएतका खेल सम्पन्न गरिएको आँबुखैरेनी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात विद्यालय स्तरको खेलबाट हुने बताईन ।

खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा गाउँपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको उनको भनाई छ ।

खेलको विकासका लागि गाउँपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको भन्दै उपाध्यक्ष अर्यालले गाउँपालिकालाई खेलकुदको हव बनाइने बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *