दमौली । रोटरी क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले व्यास-१२ मा रहेको छाब्दी बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो ।

मंगलबार क्लबले विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको क्लबका रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

रोटरी क्लबमा आवद्ध सदस्यहरुले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरेको उनले बताए । विश्वमा पोलियो उन्मुलन, सारक्षरता दर वृद्धि, आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचलाई केन्द्रमा राखेर रोटरीले कार्यक्रम गर्दै आएको उनले बताए । उनले भने ‘यो धन भन्दा पनि मन ठुलो भएकाहरुको समाजिक संस्था हो, हामी त्यस्तै दुख, अभाव र पीडामा मलम लगाउन एकीकृत भएका हौं’ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लबले यसअघि व्यास-१४ केशवटारमा वृहत आँखा शिविर गरिसकेको छ । क्लबले खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य र वातावरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *