आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. ३ ले जितको छ ।

फाईनलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई २–० को सोझो सेटमा हराउदै वडा नं. ३ ले दोस्रो अध्यक्ष कपको उपाधी जितेको हो ।

जित सगैं वडा नं. ३ ले नगद रु. २५ हजार रुपैंया, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता टिम इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नगद रु. १५ हजार रुपैंया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका मुकेश श्रीष बेस्ट स्पाईकर, इलाका प्रहरी कार्यालय आँबुखैरेनी कै दल बहादुर रेश्मी बेस्ट सेटर, वडा नं. ६ “ए” का बिक्रम गुरुङ्ग बेस्ट ब्लकर र वडा नं. ३ का गोर्कण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आँबुखैरेनी–३, स्थित रामशाह माविको प्राङ्गणमा माघ १८ गतेबाट संचालित पालिका स्तरीय भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन ।

प्रतियोगिताका बिजेता तथा उपविजेता टिम एवंम उत्कृष्ट विभिन्न विद्याका खेलाडीहरुलाई आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रेम तमु, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी, वडा नं. ५ का वडा अध्यक्ष सन्तोष गुरुङ्ग, वडा नं. ३ का वडा सदस्य राजु थापा, आबुखैरेनी भलिबल संघका अध्यक्ष एवं गाउँपालिका खेलकुद संयोजक रमेश श्रेष्ठ लगाएत अतिथीहरुले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *