दमौली । तनहुँको व्यास नगरपालिका १२ स्थित कमलबारीमा ग्याँस बुलेट ट्याङकर पल्टिदा चालकको मृत्यु भएको छ । शनिबार साँझ पृथ्विराजमार्ग अन्तर्गत मुग्लिनबाट दमौलीतर्फ आउदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट ट्याङकर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकको घुम्तीमा कुना साईडमा पल्टिन गई दुर्घटना हुँदा उक्त ट्याङकरको चालक भारतको विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षिया भारतीय आधार कार्ड नं. ७९४९४८२९७०१७ का श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
चालक कुमार घाईते भई उपचारको लागि प्रदेश अस्पताल दमौली तनहुँमा पठाईएकोमा शनिबार ८:२२ बजे डाक्टरद्धारा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक चालकको शव प्रदेश अस्पताल दमौली तनहुँको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।