चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत पाँच विद्यार्थी तनहुँको बन्दिपुर घुमेर फर्कदैगर्दा दुर्घटनामा परेका छन । बिएससी एजी सातौ समेष्टरमा अध्ययनरत उनिहरु बिदाको समय पारेर बन्दिपुर घुम्न गएका थिए ।
शुक्रबार चितवन फर्कदैगर्दा उनिहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा दुर्घटनामा पर्यो । दुर्घटनामा परेर भरतपुरकी सुमिना सापकोटाको निधन भएको छ । उनका साथिहरु आइसा पौडेल, आस्था काफ्ले, अन्जली शाह, लक्ष्मी विनाबी घाइते भएका छन । उनिहरुको भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते चार जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
बिएससी एजी सातौ सेमेष्टरमा अध्ययनरत निकेश शर्माले भनेः पढाइ सकेर इन्टनसिपमा जाने तयारी थियो । शुक्रबार दुःखद घटना भयो । रामपुर कृषि क्याम्पस शोकमा छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन अर्जुन कुमार श्रेष्ठले पनि दुर्घटनामा विद्यार्थी परेको पुष्टि गर्नुभयो । मृतक सुमिनाको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले दुर्घटनामा घाइते सुमिनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । सुमिना सवार बा ५ ख २९९९ नम्बरको बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा शुक्रबार सडक छेउको कल्भर्टमा पल्टिएको थियो । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा तनहुँको म्याग्दे गाउँपालिका ७ बस्ने वर्ष १९ को किसान वि.क, व्यास नगरपालिका १२ बस्ने वर्ष १९ को सुनिल वि.क, गोरखाको सिरानचोक गाउँपालिका ४ बस्ने वर्ष ५१ को सुनिल ढकाल, सोही स्थान बस्ने वर्ष ४२ को राम शरण कुवर, लमजुङको वेशीशहर नगरपालिका ३ दिपुर बस्ने वर्ष ४१ को कृष्ण बहादुर पाण्डे, तनहुँको भानु नगरपालिका १० बस्ने वर्ष ५० को खेमराज लौडारी, सोही स्थान बस्ने वर्ष १७ को प्रशान्त लौडारी र गोरखाको पालुङटार नगरपालिका ६ बस्ने वर्ष १६ की मोनिका नेपाली रहेका छन् । उनीहरु ८ जनाको आँबुखैरनी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भईसकेका छन् ।
त्यस्तै नारायणी सामुदायिक अस्पतालमा कैलालीको जोशीपुर गाउँपालिका २ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, धनगडीको बसबरीया गाउँपालिका ५ बस्ने वर्ष २२ की अन्जली शाही, कास्कीको पोखरा महानगरपालिका ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, तनहुँ व्यास नगरपालिका बस्ने वर्ष १३ की आस्था काफ्लेको टाउकोमा चोट रहेको र अवस्था सिरियस रहेको छ । यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका ३ बिच बजार बस्ने बर्ष ४२ की दमन्ती माया नेपाल रहेका छन् ।
चितवन मेडिकल कलेज भरतपुरमा तनहुँको आबुखैरेनी गाउँपालिका १ बस्ने वर्ष ५० को बिनोद गौली र गोरखाको शहिद लखन गाउँपालिका २ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका १ बस्ने वर्ष ५९ को उज्वल वि.क. रहेका छन ।
प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएको छ । – नारायणी अनलाइनबाट