मगर विद्यार्थी संघ तनहुँले जित्यो ऋषिङमा आयोजित खुल्ला कौराहा प्रतियोगिता

Byखवरबाटिका

२० माघ २०८१, आईतवार २१:४९ २० माघ २०८१, आईतवार २१:४९ २० माघ २०८१, आईतवार २१:४९

विवेक श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकामा आयोजित खुल्ला कौराहा प्रतियोगिता नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति तनहुँले जितेको छ ।

प्रतियोगितामा ऋषिङ युवा विकास समाज द्वित्तीय, ऋषिङ सांस्कृतिक समूह ऋषिङ–६ तृतिय तथा कितीया कान्राहा मगर समाज घिरिङ–५ सात्वना भएका छन ।

कौराहा प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ कर बाहेक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

बिजयी समुहलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले ऋषिङ गाउँपालिकाको आयोजनामा खुल्ला कौराह प्रतियोगिता आयोजना गरिएको गाँउपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा ६ समुहको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *