दमौली । विदेश अध्ययनका अवसरहरूबारे जानकारी प्रदान गर्ने उद्देश्यले द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीद्वारा आयोजना गरिएको शैक्षिक मेला दमौलीस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको छ ।
मेलामा विद्यार्थीहरूले विदेशी शिक्षा, छात्रवृत्ति, भिसा प्रक्रिया, र करिअर सम्भावनाहरूबारे विस्तृत जानकारी प्राप्त गरेका थिए ।
मेलामा अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, डेनमार्क लगायतका देशहरूको शिक्षा प्रणाली, भिसा प्रक्रिया, छात्रवृत्ति अवसरहरू, तथा अध्ययनपछिका रोजगार सम्भावनाहरूबारे अनुभवी परामर्शदाताहरूले विद्यार्थीहरूलाई लक्ष्य केन्द्रित मार्गदर्शन प्रदान गरेका छन ।
वित्तीय व्यवस्थापन र बैंकिङ प्रक्रियाको जानकारी प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना एवं प्रतिनिधिहरूले विदेश अध्ययनका लागि आवश्यक पर्ने वित्तीय व्यवस्थापन, शैक्षिक ऋण, र बैंकिङ प्रक्रियाका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । साथै अभिभावकहरूका लागि आर्थिक योजना व्यवस्थापनसम्बन्धी उपयोगी सुझावहरू पनि उपलब्ध गराइएको थियो ।
विद्यार्थीहरूका लागि उपयोगी सत्रहरू
मेलामा सहभागी विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति अवसरहरूको जानकारी लिँदै, आईईएलटीएस परीक्षामा उत्कृष्ट स्कोर ल्याउने टिप्स, प्रभावकारी आवेदन लेख्ने तरिका, विश्वविद्यालय छनोट गर्ने उपायहरू, र करिअर परामर्शको लाभ उठाएका थिए। साथै, प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएर विद्यार्थीहरूले आफ्ना प्रश्नहरूको समाधान पाए ।
ब्रिटिश काउन्सिल र आईडीपी आईईएलटीएस प्रतिनिधिहरूले आईईएलटीएस परीक्षाको तयारी र अध्ययनका लागि उपयोगी टिप्स साझा गरेका थिए ।
द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका वरिष्ठ परामर्शदाता रोशन पौडेलले विद्यार्थीहरूलाई लक्ष्य केन्द्रित मार्गदर्शन प्रदान गरेका थिए ।
सफल विद्यार्थीहरूलाई बधाई
मेलामा विशेष गरी डेनमार्क भिसा स्वीकृत मुना राना र दीपक थापा मगरलाई सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो । साथै, अमेरिका भिसा स्वीकृत र आईईएलटीएसमा ८.० स्कोर प्राप्त गरेकी दीप्ती सेढाईलाई पनि उनीहरूको उत्कृष्ट उपलब्धिका लागि बधाई दिइएको थियो ।
यो शैक्षिक मेला विद्यार्थीहरूका लागि ज्ञान, प्रेरणा, र अवसरहरूले भरिएको एक अविस्मरणीय कार्यक्रम साबित भएको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले जनाएको छ ।
भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा र करिअर अवसरहरू प्रदान गर्ने प्रतिबद्धता कन्सल्टेन्सीले गरेको छ ।