आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा आले विजयी

Byखवरबाटिका

४ चैत्र २०८१, मंगलवार २१:३३ ४ चैत्र २०८१, मंगलवार २१:३३ ४ चैत्र २०८१, मंगलवार २१:३३

दमाैली । तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

मंगलबार सम्पन्न निर्वाचनबाट स्ववियु अध्यक्षमा नेविसंघका अनुप आले निर्वाचित भएका छन् । आलेले पाँच सय मत ५ प्राप्त गरेका छन् । यस्तै सचिवमा निर्वाचित सागर पाण्डेले चार सय ७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले चार सय ७९ मत प्राप्त गरेका छन् ।

क्याम्पसका एक हजार पाँच सय ७७ मतदातामध्ये मतदानमा पाँच सय ५५ मत खसेको थियो ।

निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) ले भाग लिएका थिएनन् । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

तर उनीहरुलाई पनि मत आएको छ । अखिल क्रान्तिकारीका निर्दोष भट्टराईलाई अध्यक्ष पदमा ३१, शिव विकलाई सचिवमा ४३ र कोषाध्यक्षमा अशोक रुचाललाई २९ मत आएको छ ।

यस्तै अनेरास्ववियुका सविन लामिछानेलाई अध्यक्षमा ४ मत, सचिवमा आशिष पौडेललाई १० मत र कोषाध्यक्षमा सुसान्त पौडेललाई ४ मत आएको छ ।

यस्तै सदस्यहरुमा रोशनी कुँवरले चार सय ७४, प्रमिश न्यौपाने चार सय ७४, असिम भण्डारीले चार सय ८८, शिशिर सुनारले चार सय ८०, प्रमिला श्रेष्ठले चार सय ६५, अनिशा परियारले चार सय ७६, सदिक्षा अधिकारीले चार सय ६६ र इभान मल्ल ठकुरीले चार सय ८० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *