दमाैली । तनहुँको भिमादमा रहेको जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन्। नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी स्ववियु अध्यक्षमा विजयी भएका हुन् ।

भण्डारीले एक सय ३१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघ र अखिल (क्रान्तिकारी) गठबन्धनका अमृत गैह्रेले एक सय ९ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा अनेरास्ववियुकी अस्मिता क्षेत्रीले एक सय २१ मत प्राप्त गरी विजयी भईन । उनकी प्रतिस्पर्धी नेविसंघकी दिपा रानाले एक सय २० मत प्राप्त गरिन।

कोषाध्यक्षमा अनेरास्ववियुकी यसुमाया थापा एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेविसंघकी कासिका रानाले एक सय सात मत प्राप्त गरिन ।

सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल एक सय २३, साविया खातुन मियाँ एक सय २२, विष्णु उच्चै एक सय २१, विनिता रसाइली एक सय २८ र ममता सिग्देल एक सय २२ मत प्राप्त गरी विजयी भएका छन् ।

मंगलबार सम्पन्न भएको मतदानमा दुई सय ५८ मतमध्ये दुई सय ४४ मत खसेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *