गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा आँबुखैरेनी अस्पतालको निरीक्षण

Byखवरबाटिका

४ चैत्र २०८१, मंगलवार २३:०२ ४ चैत्र २०८१, मंगलवार २३:०२ ४ चैत्र २०८१, मंगलवार २३:०२

आँबुखैरेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार आँबुखैरेनी अस्पतालको निरीक्षण गरेका छन ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट प्राप्त सामग्री लगायत अस्पतालबाट प्रदान गर्दै आएको शल्यक्रिया, हेमोडायलाईसिस, लगायत विभिन्न सेवाको निरीक्षण गरेको अस्पतालले जनाएको छ ।

निरीक्षणको क्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के. सी., अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर डिबि क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *