दमौली । तनहुँमा रहेका चार वटा क्याम्पसमा विद्यार्थी संगठनले स्ववियुको नेतृत्व चयन गरेका छन् । मंगलबार सम्पन्न भएको भिमाद क्याम्पस र भानुभक्त बहुमुखी क्याम्पसमा अनेरास्ववियु, आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी र आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

तनहुँको भिमादमा रहेको जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी स्ववियु अध्यक्षमा विजयी भएका हुन । भण्डारीले एक सय ३१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघ र अखिल (क्रान्तिकारी) गठबन्धनका अमृत गैह्रेले एक सय ९ मत प्राप्त गरे ।

यस्तै सचिवमा अनेरास्ववियुकी अस्मिता क्षेत्रीले एक सय २१ मत प्राप्त गरी विजयी भईन । उनका प्रतिस्पर्धी नेविसंघकी दिपा रानाले एक सय २० मत प्राप्त गरिन। कोषाध्यक्षमा अनेरास्ववियुकी यसुमाया थापा एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघकी कासिका रानाले एक सय सात मत प्राप्त गरिन ।

सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल एक सय २३, साविया खातुन मियाँ एक सय २२, विष्णु उच्चै एक सय २१, विनिता रसाइली एक सय २८ र ममता सिग्देल एक सय २२ मत प्राप्त गरी विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मतदानमा दुई सय ५८ मतमध्ये दुई सय ४४ मत खसेको थियो ।

यस्तै तनहुँको बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका साझा उम्मेदवार मिनबहादुर थापा (मिलन) विजयी भएका छन्।

थापाले एक सय २८ मत प्राप्त गरि अध्यक्षमा विजयी हुँदा उनका प्रतिष्पर्धी नेविसंघकी एजिना महतले १०५ मत प्राप्त गरे । यसैगरी सचिवमा गठबन्धनका बिनिता भण्डारी विजयी भएकी छिन। उनले एक सय १६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेविसंघका सुनिल लामिछानेले एक सय ९ मत प्राप्त गरेका छन। काेषाध्यक्षमा एक सय ४५ मत प्राप्त गर्दै गठबन्धनकी पुष्पा खड्का विजय भईन । उनका प्रतिष्पर्धी नेविसंघकी रष्मिता कार्कीले ८७ मत प्राप्त गरे ।

यसैगरी सदस्यमा गठबन्धनका उम्मेदवार अविजित लम्सालले एक सय ३३, अञ्जली विकले एक सय १६, निराज भण्डारीले एक सय १६ मत प्राप्त गर्दै विजयी हुनुभयो भने नेविसंघबाट प्रतीक्षा गिरीले एक सय १३ र स्वस्तिका सिग्देलले एक सय १२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । मंगलबार सम्पन्न भएको निर्वाचनमा २४१ मत खसेकाे थियो ।

त्यसैगरी आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी भएका छन्।

उनले ९७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिए । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका बोनिस अधिकारीले ६४ मत र अनेरास्ववियुकी रक्षा पोख्रेलले ७ मत प्राप्त गरे ।

यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का गङ्गाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरेका छन । कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) कै करुणा गुरुङले ९० मत प्राप्त गरी विजयी भईन । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गरेका छन ।

सदस्यहरुमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भएका छन । समानुपातिकमा पनि अखिल क्रान्तिकारीले १००, नेविसंघले ६५ र अनेरास्ववियुले ८ मत पाएका हुन् । निर्वाचनमा दुई सय ५ मतदाता रहेकामा एक सय ७५ मत खसेको थियो ।

यस्तै तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

मंगलबार सम्पन्न निर्वाचनबाट स्ववियु अध्यक्षमा नेविसंघका अनुप आले निर्वाचित भएका छन । आलेले पाँच सय मत ५ प्राप्त गरेका छन् । यस्तै सचिवमा निर्वाचित सागर पाण्डेले चार सय ७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले चार सय ७९ मत प्राप्त गरेका छन् ।

क्याम्पसका एक हजार पाँच सय ७७ मतदातामध्ये मतदानमा पाँच सय ५५ मत खसेको थियो । निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) ले भाग लिएका थिएनन् । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

तर उनिहरुलाई पनि मत आएको छ । अखिल क्रान्तिकारीका निर्दोष भट्टराईलाई अध्यक्ष पदमा ३१, शिव विकलाई सचिवमा ४३ र कोषाध्यक्षमा अशोक रुचाललाई २९ मत आएको छ । यस्तै अनेरास्ववियुका सविन लामिछानेलाई अध्यक्षमा ४ मत, सचिवमा आशिष पौडेललाई १० मत र कोषाध्यक्षमा सुशान पौडेललाई ४ मत आएको छ ।

यस्तै सदस्यहरुमा रोशनी कुँवरले चार सय ७४, प्रमिश न्यौपाने चार सय ७४, असिम भण्डारीले चार सय ८८, शिशिर सुनारले चार सय ८०, प्रमिला श्रेष्ठले चार सय ६५, अनिशा परियारले चार सय ७६, सदिक्षा अधिकारीले चार सय ६६ र इभान मल्ल ठकुरीले चार सय ८० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *