दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङदी नदीमा एक जना पुरुषको शव फेला परेको छ ।
फेला परेको शव गोरखाको गोरखा नगरपालिका–१२ दरैटारका २९ वर्षिय राहुल कुमाल रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए ।
गत चैत ५ गते मंगलबार तनहुँको आँबुखैरेनी गाँउपालिका-२ एक्लेफाँटको ऐना होटलमा काम गर्ने कुमाल होटल कै पछाडि मर्स्याङ्दी नदिमा हाम फालेर बेपत्ता भएका थिए ।
शसस्त्र प्रहरी बल मनकामना गण भानु, नेपाल प्रहरी लगाएतको टोलिले नदिमा खोजतलासी गर्दा शनिबार मृत अवस्था कुमालको शव फेला परेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए । उनका अनुसार यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।